देशमा हालै आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले ग्लोबल एग्रो ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२,२२,२२१/- (अक्षरूपी बाह्र लाख बाइस हजार दुई सय एक्काइस रुपैयाँ मात्र) हस्तान्तरण गरेको छ।
यस विषम परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले प्रभावित समुदायको तत्कालीन राहत र दीर्घकालीन पुनर्स्थापनामा थोरै भएपनि मद्दत पुग्ने विश्वास ग्रुपले लिएको छ।
लाङटाङ हिमश्रृंखलामा खसेको हिमपहिरो पश्चात् भोटेकोसी नदी र त्रिशूलीमा उत्पन्न अकल्पनीय तथा त्रासदिपूर्ण बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति ग्लोबल एग्रो ग्रुप हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजन तथा प्रभावित समुदायप्रति गहिरो समवेदना प्रकट गर्दछ।
- ग्लोबल एग्रो ग्रुप
विपद्मा साथ, पुनर्निर्माणमा हातेमालो 🤝
Global Agro Group donates NPR 1,222,221 to Nepal’s Prime Minister’s Disaster Relief Fund to support rescue, relief and recovery efforts for flood-affected communities.